२७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो
सारांश
- काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत सुकुमबासी बस्ती हटाउन डोजर चलाइएको छ।
- बस्तीबाट मानिसहरूलाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ भने सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- थापाथलीपछि आजै गैरीगाउँस्थित सुकुमबासी बस्ती पनि हटाउने योजना रहेको काठमाडौँ महानगर प्रहरीले जनाएको छ।
काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको छ ।
महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ ।
सुरुमा शनिबार बिहान थापाथलीमा डोजर तथा स्काभेटर चलाएर बस्ती खाली गराइएको थियो । त्यसपछि प्रहरी तथा काठमाडौँ महानगरको टोली गैह्रीगाउँस्थित सुकुमबासी बस्ती भत्काउन पुगेको थियो, जहाँ अहिले पनि बस्ती खाली गराउने काम जारी छ ।
डोजर चलाएर घरटहरा भत्काइएपछि दुवै स्थानमा रहेका सुकुमबासीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ । महानगरका अनुसार थापाथली र गैह्रीगाउँ दुवै स्थानका हालसम्म २७ परिवारका ८९ जनालाई सुन्दरीघाट राधास्वामी सत्संग आश्रममा पुर्याइएको छ ।
अव्यवस्थित बस्तीहरूबाट भूमिहीन र घरवारविहीन भएकाहरूलाई भने दशरथ रंगशाला ल्याएर स्क्रिनिङ्ग काम भइरहेको छ । सरकारले सुकुमबासीहरूका लागि काठमाडौँका पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण