साहित्य सङ्गम चितवनद्वारा तीन स्रष्टा सम्मानित
सारांश
- साहित्य सङ्गम चितवनले पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा तीन जना स्रष्टाहरूलाई सम्मान गरेको छ।
- आरबी निश्चल, भवानी क्षेत्री र खनाल रेवतीरमणलाई १८ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ।
चितवन । साहित्य सङ्गम चितवनद्वारा आयोजित एक कार्यक्रममा तीन स्रष्टा सम्मानित भएका छन् । प्रगतिवादी विचारधारा बोकेकी, २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘शिरीषको फूल’ कि उपन्यासकार पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा भएको कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष शशीकिरण रेग्मीले गरेका थिए ।
सङ्गमका पूर्व अध्यक्ष प्रकाश चापागाईँले स्वागत मन्तव्य दिएका थिए भने वरिष्ठ अनुसन्धाता डिआर पोखरेलले पारिजातको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी दिएका थिए । सो क्रममा पोखरेलले पारिजात गरिबको पक्षमा, विपन्नताको पक्षमा वकालत गर्ने, विद्रोही स्वभावकी, देशभक्ति र स्वाभिमानी पारिजातबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए ।
सञ्जीव पौडेलले सम्मानित भएका तीन स्रष्टाहरूको बारेमा संक्षिप्त टिप्पणी गरेका थिए । प्राज्ञ रामहरि श्रेष्ठले पुरस्कार र स्थापनाका उद्देश्यहरूमाथि प्रकाश पारे ।
कार्यक्रममा पाल्पाका आरबी निश्चललाई डा धनेश्वर भट्टराई (सपरिवार)ले स्थापना गरेको ‘नेत्रमाया(–मुक्तिनाथ भट्टराई स्मृति राष्ट्रिय पुरस्कार–२०८२’, झापाकी भवानी क्षेत्रीलाई रामहरि श्रेष्ठ (सपरिवार)ले स्थापना गरेको ‘खड्गनारायण–गणेशलक्ष्मी श्रेष्ठ स्मृति राष्ट्रिय नारी प्रतिभा पुरस्कार –२०८२’ र चितवनका खनाल रेवतीरमणलाई प्रकाश चापागाईँ (सपरिवार)ले स्थापना गरेको ‘गजाधर–डिकुरादेवी चेतकान्त चापागाईँ स्मृति राष्ट्रिय पुरस्कार–२०८२’ द्वारा पुरस्कृत गरिएको थियो ।
प्रमाणपत्र र नगद १८ हजार राशिद्वारा सम्मानित स्रष्टाहरूले आफ्ना एक–एक वटा कविता पनि सुनाएका थिए । सो क्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्माको कविताले चर्चा पाएको थियो ।
कार्यक्रममा प्राडा नारायणप्रसाद खनाल, प्राडा कर्ण बानियाँ, ईन्द्र रेग्मी, उदय अधिकारी, रमेश प्रभात, राजेन्द्र घायल, विष्णु तिवारी ‘उषा’, शिवराज लामिछाने, शूर्यप्रकाश जमरकट्टेल, डा एकनारायण पौड्याल, डा केशव चालिसे, बालकृष्ण थपलिया, अमृता रामदाम,कृष्ण शर्मा’करुणा’ शूर्यमणि रेग्मी, किसान प्रेमी, हरिप्रिया रिजाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सङ्गमका सचिव लीलाधर पौडेलले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण