बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

इरानी विदेशमन्त्री अराघची पुनः पाकिस्तान फर्किने अपेक्षा

आइतबार, १३ वैशाख २०८३, १३ : ४७
आइतबार, १३ वैशाख २०८३

सारांश

  • इरानका विदेशमन्त्री अब्बास अराघची ओमानको भ्रमणपछि पुनः पाकिस्तान फर्किने अपेक्षा गरिएको छ।
  • अराघचीले यसअघि पाकिस्तानका नेताहरूसँग वार्ता गरे पनि अमेरिका र इजरायलसँगको युद्धबारे ठोस प्रगति हुन सकेन।
  • पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्ने जनाएको छ भने हाल प्रत्यक्ष वार्ता स्थगित भएको छ।

इस्लामवाद । इरानका विदेशमन्त्री अब्बास अराघची ओमानको भ्रमण सम्पन्न गरेपछि पुनः पाकिस्तान फर्किने अपेक्षा गरिएको छ । त्यसपछि उनी रुस जाने कार्यक्रम रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अराघची शनिबार इस्लामावादबाट फर्किँदा अमेरिका–इजरायलसँगको युद्धसम्बन्धी वार्तामा कुनै ठोस प्रगति हुन सकेको थिएन । उनले शहबाज शरिफलगायत पाकिस्तानी नेताहरूसँग छलफल गरेका थिए ।

इरानले हाल प्रत्यक्ष रूपमा अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेको छ । उनीहरूको भनाइमा अमेरिकी प्रस्तावहरू अत्यधिक कडा छन् भने इरानका मागहरू अमेरिका लागि स्वीकार्य छैनन् ।

वार्तामा प्रगति नभए पनि पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्ने बताएको छ । अराघचीसँग आएका प्रतिनिधिमण्डलका सदस्यहरू तेहरान फर्किएका छन् र सरकारसँग थप निर्देशन लिएपछि पुनः इस्लामावादमा उनलाई भेट्ने अपेक्षा गरिएको छ ।

यसबिच, इस्लामवादमा सुरक्षाका लागि राखिएका अवरोधहरू हटाइएको छ र सडकहरू पुनः खुला गरिएको छ । हालका लागि प्रत्यक्ष वार्ता स्थगित अवस्थामा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप