सुर्खेतमा प्रहरीको ‘सरप्राइज’ चेकिङ : मापसे र लापसे गर्ने तीनसहित १२ जना कारबाहीमा
आइतबार, १३ वैशाख २०८३, १८ : ३१
सारांश
- सुर्खेतमा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष सरप्राइज चेकिङ अभियान सञ्चालन गरेको छ।
- अभियानका क्रममा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य १२ सवारी साधनलाई पनि कारबाही गरिएको छ।
सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीले विशेष ‘सरप्राइज’ चेकिङ अभियान थालेको छ। सो अभियान अन्तर्गत आइतबार राजधानी वीरेन्द्रनगरको कटकुवा क्षेत्रबाट मादक पदार्थ (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ।
जसमा लापसे प्रयोग गरी सवारी चलाउने १ र मापसे प्रयोग गर्ने दुई चालक रहेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यस्तै सवारी नियम उल्लङ्घन गर्ने अन्य १२ वटा सवारी साधनहरूलाई पनि ट्राफिक नियम अन्तर्गत कारबाही गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण र सवारी अनुशासन कायम गर्न प्रहरीले अभियान नै चलाएर काम गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण