शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इस्लामावाद वार्ता अत्यन्त फलदायी : इरानी विदेशमन्त्री

सोमबार, १४ वैशाख २०८३, १२ : ४७
सोमबार, १४ वैशाख २०८३

सारांश

  • इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमणलाई अत्यन्त फलदायी भएको बताएका छन् ।
  • इस्लामावादमा अमेरिकी-इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल भएको थियो ।
  • ओमान भ्रमणमा स्ट्रेट अफ होर्मुजबारे महत्त्वपूर्ण छलफल भएको र दुवै देशबिच निरन्तर संवाद आवश्यक रहेको बताएका छन् ।

मस्को । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । आईआरएनएका अनुसार उनले त्यहाँ अमेरिकी–इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल भएको जानकारी दिएका छन् ।

इस्लामावादमा भएका भेटघाटमा विगतका घटनाहरूको समीक्षा गर्दै भविष्यमा वार्ता कसरी अगाडि बढ्न सक्छ भन्ने विषयमा राम्रो परामर्श भएको अराघचीले बताए । ओमान भ्रमणमा स्ट्रेट अफ होर्मुजबारे महत्त्वपूर्ण छलफल भएको समेत उनले बताए ।

उनका अनुसार इरान र ओमान दुवै उक्त स्ट्रेटको तटीय देश भएकाले आपसी समन्वय अत्यन्त आवश्यक छ । स्ट्रेट अफ होर्मुज भएर सुरक्षित आवागमन अहिले विश्वव्यापी महत्वको विषय बनेको अनि त्यसैले दुवै देशबिच निरन्तर संवाद आवश्यक रहेको उनले बताए ।

अराघची अनुसार इरान र ओमानबिच उच्च स्तरको सहमति कायम भएको छ र दुवै पक्षले प्राविधिक तहमा छलफल जारी राख्ने सहमति गरेका छन् ।  उनी अहिले रुस भ्रमणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप