सिजी मोटर्सले ल्यायो १६ सिटे विद्युतीय मिनिबस, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालका लागि किङलङ गाडीको आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ १६ सिटे विद्युतीय मिनिबस बजारमा ल्याएको छ । सोमबार काठमाडौँको महाराजगन्जस्थित शोरुममा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त मिनिबस सार्वजनिक गरेको हो ।
सिजी मोटर्सले यस १६ सिट भएको विद्युतीय मिनिबसको बजार मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीले गाडी सार्वजनिक गरिएको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरूका लागि विशेष छुटको घोषणा गरेको छ ।
लन्चिङ अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । कम्पनीका अनुसार नेपाली सडक र भूगोललाई ध्यानमा राखेर ल्याइएको यस मिनिबसमा ७५.४ किलोवाट क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ ।
जुन सुरक्षा र टिकाउपनका लागि विश्वभर प्रसिद्ध छ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १२० किलोवाटको शक्तिशाली मोटर र २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपालका कच्ची र पहाडी सडकमा पनि यात्रा सहज हुनेछ ।
गाडीमा आरामदायी फोल्डिङ सिटहरू र उभिन मिल्ने गरी पर्याप्त इन्टेरियर हाइट रहेको छ । सिजी मोटर्सका कमर्सियल सेग्मेन्टका बिजनेस हेड बद्री भट्टराईले गाडीलाई बजारमा ल्याउनुअघि नेपालका विभिन्न दुर्गम पहाडी क्षेत्रहरू डडेलधुरा, कालिकोट, मुस्ताङ र सोलुखुम्बुमा दुई महिनासम्म परीक्षण गरिएको उल्लेख गरे ।
उनले सिजी मोर्टसले पछिल्लो समय विद्युतीय मिनिबसमा निरन्तर रूपमा देश व्यापी रूपमा सडकमा देख्ने गरेको बताए । उनले कम्पनीले गाडी बेच्ने मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताए ।
कम्पनीले यस गाडीमा ७ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी प्रदान गरेको छ । साथै, चौधरी ग्रुपको भिजन अनुसार नेपालभर हरेक २५ देखि ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेसन र सर्भिस नेटवर्क विस्तार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण