पिसाबमै देखिन्छन् प्रोस्टेट क्यान्सरका लक्षण, कसरी पहिचान गर्ने ?
सारांश
- प्रोस्टेट क्यान्सर पुरुषहरूमा हुने एक सामान्य क्यान्सर हो जुन प्रायः ढिलो पत्ता लाग्छ, जसले उपचारलाई जटिल बनाउँछ।
- क्यान्सरका प्रारम्भिक लक्षणहरू प्रायः बुढ्यौलीका सामान्य समस्याहरू जस्तै पिसाब सम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुने भएकाले बेवास्ता गरिन्छ।
- पिसाब फेर्न गाह्रो हुनु, पिसाबको धार कमजोर हुनु, रातमा बारम्बार पिसाब लाग्नु, पिसाबमा रगत देखिनु, र वीर्यमा रगत देखिनु प्रोस्टेट क्यान्सरका केही लक्षणहरू हुन्।
काठमाडौँ । प्रोस्टेट क्यान्सर पुरुषहरूमा हुने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक हो, तर धेरैजसो अवस्थामा यो धेरै ढिलो पत्ता लाग्छ ।
ढिलो पत्ता लाग्नाले उपचारलाई गाह्रो बनाउँछ । यद्यपि प्रोस्टेट क्यान्सरको उपचार छ र सफलतापूर्वक निको पार्न सकिन सम्भावना उच्च छ । तर प्रारम्भिक चरणहरूमा यसलाई पत्ता लगाउन गाह्रो छ । यसका यस्ता केही लक्षणहरू पनि छन्, जुन पुरुषहरूले प्रायः बेवास्ता गर्छन् । प्रोस्टेट क्यान्सरका लक्षणलाई बुढ्यौलीको समस्या हो भनेर ध्यानै दिँदैनन् ।
सुरुमै पत्ता लगाउन किन गाह्रो छ प्रोस्टेट क्यान्सर ?
प्रोस्टेट क्यान्सर चाँडै पत्ता नलाग्नुका धेरै कारणहरू छन् ।
ढिलो गरेर बढ्नु
प्रोस्टेट क्यान्सर कोषहरू सामान्यतया निकै बिस्तारै बढ्छन् । प्रारम्भिक ट्युमर प्रोस्टेट ग्रन्थि भित्र सीमित रहन्छन् र वरपरका अङ्गमा दबाब दिँदैनन् । प्रोस्टेट पेल्भिसको निकै भित्र हुने भएकोले, साना ट्युमरहरूले न त पीडा दिन्छन् न बाहिरबाट महसुस गर्न सकिन्छ ।
सामान्य रोगहरूसँग समानता
प्रोस्टेट क्यान्सरका प्रारम्भिक लक्षणहरू प्रायः गैरघातक प्रोस्टेटिक हाइपरप्लासिया जस्ता सामान्य रोगहरूसँग मिल्दोजुल्दो हुन्छन् । प्रोस्टेट ग्रन्थिको वृद्धि बुढ्यौलीसँगै हुने सामान्य प्रक्रिया हो । पुरुषहरूले प्रायः पिसाबसम्बन्धी समस्याहरूलाई बुढ्यौलीको सामान्य समस्या मानेर बेवास्ता गर्छन्, तर तिनीहरू क्यान्सरको संकेत पनि हुन सक्छन् ।
स्क्रिनिङका सीमितता
प्रोस्टेट–विशिष्ट एन्टिजेन (पीएसए) परीक्षण र डिजिटल रेक्टल परीक्षणहरू यो रोगको पहिचानको लागि आवश्यक छन्, तर तिनीहरू सधैँ सही हुँदैनन् । कहिलेकाहीँ, संक्रमण वा अन्य कारणहरूले गर्दा पीएसएको स्तर बढ्न सक्छ, जसलाई फल्स पोजिटिभ भनिन्छ ।
यी लक्षणहरूप्रति रहनुहोस् सतर्क
प्रारम्भिक चरणहरूमा कुनै लक्षणहरू नभए पनि क्यान्सर बढ्दै जाँदा शरीरले केही संकेत देखाउन थाल्छ ।
–पिसाब फेर्न गाह्रो हुनु वा बढी बल लगामउनुपर्ने
–पिसाबको धारकमजोर हुनु वा रोकिएर आउनु
–विशेष गरी रातमा बारम्बार पिसाब फेर्न मन लाग्नु
–पिसाब फेरेपछि पनि पिसाब थैली पूर्ण रूपमा खाली नभएको महसुस हुनु
–पिसाबमा रगत देखिनु
–वीर्यमा रगत देखिनु
–अचानक इरेक्टाइल डिसफंक्शनको समस्या सुरु हुनु
–पिसाब फेर्दा वा स्खलन हुँदा दुखाइ वा जलन महसुस हुनु
यदि क्यान्सर प्रोस्टेटभन्दा बाहिर हड्डी वा अन्य अङ्गहरूमा फैलियो भने समस्या झन् बढ्न सक्छ:
–कम्मर, ढाड वा छातीमा निरन्तर दुखाइ हुन्छ
–खुट्टामा कमजोरी वा सुन्न महसुस हुन्छ
–कुनै कारण बिना अत्यधिक थकान वा तौल घट्छ
रोकथामको लागि के गर्ने ?
प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न, ५० वर्षको उमेरपछि नियमित स्वास्थ्य जाँच गराउनु, वा पारिवारिक इतिहास भएमा ४५ वर्ष उमेर पछि, र डाक्टरको सल्लाह अनुसार पीएसए परीक्षण गराउनु महत्त्वपूर्ण छ ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण