मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले १२० जनालाई नि:शुल्क तालिम दिँदै

मङ्गलबार, १५ वैशाख २०८३, ०७ : २७
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।
  • दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले केन्द्रले बार टेन्डर, कम्प्युटर अपरेटर, कटाइ सिलाई, ब्युटिसियन, बेकर र वारिष्टा गरी ६ विधामा तालिम सञ्चालन गर्नेछ।
  • प्रत्येक विषयमा २० जनाको कोटा रहनेछ र इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्नेछ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।

 केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ६ वटा फरक-फरक विधामा तालिम सञ्चालन गर्न लागेको हो।

सूचना अनुसार बार टेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ सिलाई, एडभान्स ब्युटिसियन, बेकर र वारिष्टा विषयमा तालिम दिइनेछ। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्ने मंगलबार जारी सूचनमा उल्लेख छ ।
675684309_995755396136650_8994456627008875529_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप