बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

युनिग्लोब प्रिमियर स्कूलले 'एसईई कप' फुटसल प्रतियोगिता गर्दै

मङ्गलबार, १५ वैशाख २०८३, ११ : १८
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • काठमाडौंको युनिग्लोब प्रिमियर स्कूलले मंगलबारदेखि अन्तर-विद्यालय 'एसईई कप' फुटसल प्रतियोगिता आयोजना गर्दैछ।
  • यस प्रतियोगितामा विभिन्न विद्यालयका ५२ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।
  • प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्य राखेको छ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कूलले मंगलबारदेखि अन्तर-विद्यालय 'एसईई कप' फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। 

विद्यालय स्तरमा ठूलो संख्यामा टोलीहरू सहभागी हुने यस प्रतियोगितामा विभिन्न विद्यालयका ५२ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ (एक लाख पचास हजार) रहेको छ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिनुका साथै विभिन्न विधामा व्यक्तिगत पुरस्कारको समेत व्यवस्था गरिएको छ। विद्यालयका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले पनि पुरस्कार प्राप्त गर्नेछन्।
मानक फुटसल नियमअनुसार 'नकआउट' प्रणालीमा सञ्चालन हुने यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

युनिग्लोब प्रिमियर स्कूलले खेलकुदलाई विद्यार्थीको समग्र विकासको महत्वपूर्ण आधार मान्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप