शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
नेप्से

जेनजी आन्दोलनको ४ दिनअघि नियुक्त नेप्से अध्यक्षले किन दिए राजीनामा ?

मङ्गलबार, १५ वैशाख २०८३, १४ : १४
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।
  • भदौ १९ गते तत्कालीन ओली सरकारले नियुक्त गरेका बस्याललाई नयाँ सरकारले राजीनामाका लागि दबाब दिएको बताइएको छ ।
  • राजीनामा दिनुअघि उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यमारी अधिकृत प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए ।

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । जेनजी आन्दोलनको ४ दिनअघि भदौ १९ गते नियुक्त भएका उनले ८ महिनामै राजीनामा बुझाएका हुन् । 

सोमबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

एमाले पृष्ठभूमिमा उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नेप्सेमा नियुक्त गरेको थियो । नयाँ सरकारले पुराना राजनीतिक नियुक्तिलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका बेला उनले राजीनामा दिएका हुन् । 

यो पदमा यसअघि अर्थ मन्त्रालयकै कर्मचारीहरुले भूमिका निर्वाह गर्दै आएकोमा उनलाई अस्वभाविक ढंगबाट नियुक्त गरिएको चर्चा चल्ने गरेको थियो । उनीमाथि वर्तमान सरकारले राजीनामाका लागि दबाब बढाएको र सोही कारण अहिले राजीनामा दिएको बताइन्छ । 

राजीनामाअघि बसेको सञ्चालक समितिको बैठकमा उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यमारी अधिकृतको जिम्मेवारीमा रहेकी प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप