शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

न्यूनतम तलबको पूर्ण कार्यान्वयन गर्न सरकारसँग जिफन्टको माग

मङ्गलबार, १५ वैशाख २०८३, १४ : २८
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले यस वर्ष 'कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि'को नारासहित मे दिवस मनाउने भएको छ ।
  • जिफन्टले मे दिवसका अवसरमा श्रमिकका विभिन्न मुद्दा सम्बोधन गर्न सरकारसँग न्यूनतम तलबको पूर्ण कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा शतप्रतिशत श्रमिकको पहुँच, सीप विकास कोषको स्थापना, युवा रोजगारी सुनिश्चितता कार्यक्रम सञ्चालन, शिक्षक पारिश्रमिक नियमावली तयार, उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड निर्माण, आचारसंहिता निर्माण र स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेजजस्ता माग अघि सारेको छ ।
  • मे दिवस हरेक वर्षको मे १ मा मनाइँदै आइएको छ ।

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि’को नारासहित मे दिवस मनाउने भएको छ । 

मे दिवसका अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै जिफन्टले हरेक वर्ष झैँ यस वर्ष पनि मे दिवस घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । हरेक वर्षको मे १ मा यो दिवस मनाउँदै आइएको छ ।

जिफन्टले मे दिवसका अवसरमा श्रमिकका मुद्दा सम्बोधन गर्न सरकारसँग विभिन्न माग अघि सारेको छ ।

जिफन्टले श्रमिकको न्यूनतम तलबको पूर्ण कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा शतप्रतिशत श्रमिकको पहुँच स्थापित,सीप विकास कोषको स्थापना, युवा रोजगारी सुनिश्चितता कार्यक्रम सञ्चालन,शिक्षक पारिश्रमिक नियमावली तयार,उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड निर्माण र आचारसंहिता निर्माण उत्पादकत्व र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेजलगायतका कार्यक्रम तयार गर्न माग गरेको छ।

123fIMG-20260428-WA0086l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप