शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभा सचिवमा अर्जुनकुमार खड्का नियुक्त

मङ्गलबार, १५ वैशाख २०८३, १९ : ०३
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्।
  • सभामुख नन्दा गुरुङले खड्कालाई प्रदेशसभाको सचिवमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।
  • पूर्व सहसचिव खड्कासँग सङ्घीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेको र कानुन तथा न्याय क्षेत्रमा ४० वर्षको अनुभव छ।

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । ‎खड्कालाई सभामुख नन्दा गुरुङले मङ्गलवार प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन् ।

‎खड्काले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सभामुख गुरुङ समक्ष पद तथा गोपनीयता शपथ लिएका हुन्।

‎खड्काले मङ्गलवार नै पदभार ग्रहण गरेका छन् । ‎नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का स्थायी निवासी हुन्।

‎खड्कासँग सङ्घीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेका थिए । ‎साथै उनले कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ।

‎कानुन विषयमै विद्यावारिधि गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिङ्गापुरको नेशनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्।

‎नेपालको संविधान निर्माणका क्रममा संविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्ता दिनसम्म प्रदेशसभामै बसेर  बैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए।

‎कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए। ‎त्यसयता रिक्त रहेको पदमा खड्का नियुक्त भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप