बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कृष्ण सिटौलाको पद खोसियो

बुधबार, १६ वैशाख २०८३, १२ : २७
बुधबार, १६ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् । 

आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।

सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप