पूर्वाधार विकास समितिमा ‘नयाँ अभ्यास’ को सुरुवात : अब समितिले फिल्डमा गएर अध्ययन गर्ने
सारांश
- सङ्घीय संसद्को पूर्वाधार विकास समितिले कार्यशैली परिवर्तन गरी अब फिल्डमा गएर आयोजनाहरूको अध्ययन गर्ने नयाँ अभ्यास सुरु गरेको छ ।
- समितिले मन्त्री वा सचिवलाई बोलाएर उनीहरूकै कुरा सुन्ने पुरानो परिपाटी अन्त्य गरी उपसमितिमार्फत आयोजनाहरूको स्थलगत र प्राविधिक अध्ययन गर्नेछ ।
- विकास निर्माणमा सरकारलाई समन्वय र सहयोग गर्ने तर मन्त्री तथा सचिवहरूले समितिका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने सभापति आशिष गजुरेलले बताए ।
काठमाडौँ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै ‘नयाँ अभ्यास’ सुरु गरेको छ । समितिका बैठकहरूलाई परम्परागत ढाँचाबाट मुक्त गरी थप प्रभावकारी र नतिजामुखी बनाउन समितिले नयाँ रणनीति अख्तियार गरेको हो ।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समिति समितिका सभापति आशिष गजुरेलका अनुसार अब समितिले मन्त्रालयका सचिव वा मन्त्रीलाई बोलाएर उनीहरूकै कुरा सुन्ने र त्यसैमा प्रश्न सोध्ने पुरानो परिपाटीलाई अन्त्य गर्नेछ ।
सभापति गजुरेलले भने, ‘पहिले सचिवलाई बोलाउने, उनैको प्रिजेन्टेसन सुन्ने र उनैलाई प्रश्न सोधेर उनकै जवाफमा चित्त बुझाउने चलन थियो । अब त्यो बन्द हुन्छ । अब समिति आफैँले उपसमिति बनाएर विकास निर्माणका आयोजना फिल्डमै गएर होस या जसरी हुन्छ अध्ययन र सोही रिपोर्टका आधारमा मन्त्री र सचिवहरूसँग जवाफ माग्नेछ ।’
मंगलबार बसेको समितिको बैठकले यसै ‘नयाँ अभ्यास’ लाई मूर्तरूप दिन दुई वटा महत्त्वपूर्ण उपसमितिहरू गठन गरेको छ । आयोजनाको स्थलगत र प्राविधिक अध्ययनका लागि उपसमिति राष्ट्रिय गौरवका तथा अन्य महत्त्वपूर्ण पूर्वाधार आयोजनाहरूको अवस्था बुझ्न इन्जिनियर सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय ‘आयोजना अध्ययन उपसमिति’ गठन गरिएको छ ।
यो उपसमितिले केवल कागजी प्रतिवेदन मात्र तयार नगरी स्थलगत भ्रमण र अनलाइन अनुगमन समेत गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । यसले आयोजनाका प्राविधिक पक्ष र ढिलासुस्तीका कारणहरू खोजेर सरकारलाई आवश्यक ’इनपुट’ दिने लक्ष्य राखेको छ ।
बैठक सञ्चालन कार्यविधि परिमार्जन समितिका बैठकहरूलाई थप मर्यादित, व्यवस्थित र नतिजामुखी बनाउन सांसद राजेन्द्रकुमार राईको संयोजकत्वमा ३ सदस्यीय ‘कार्यविधि उपसमिति’ गठन गरिएको छ । यस उपसमितिले ७ दिनभित्र समितिको बैठकको मर्यादा, सांसदहरूको बोल्ने समय र प्रक्रिया तय गर्ने कार्यविधि निर्माण गर्नेछ । विशेष गरी नयाँ सांसदहरूलाई प्रक्रिया बुझ्न सहज होस् र समयको उचित व्यवस्थापन होस् भन्ने उद्देश्यले यो कदम चालिएको हो ।
निर्देशन मात्र होइन, समन्वय र जबाफदेहिता बैठकको समापन गर्दै सभापति गजुरेलले समितिको मुख्य उद्देश्य केवल निर्देशन दिनु मात्र नभई सरकारलाई समन्वय र सहयोग गर्नु पनि रहेको स्पष्ट पारे ।
‘हाम्रो काम सरकारलाई अप्ठ्यारो पार्ने मात्र होइन, विकास निर्माणमा सघाउने पनि हो । तर, मन्त्री र सचिवहरूले समितिका प्रश्नको स्पष्ट जवाफ भने दिनैपर्छ,’ उनले भने । सभापति गजुरेलले आफूहरू कुनै पनि किसिमको दबाबमा नपरी पूर्वाधारका अधुरा कामहरू पूरा गराउन र विकासको लय समात्न प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण