रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते
बुधबार, १६ वैशाख २०८३, १६ : ११
सारांश
- रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
- मृतकको अझै सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो बस र ईभी माइक्रो आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो आपसमा जुधेका थिए ।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । मृतकको अझैसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण