चिनियाँ फूड भ्लगरले बनाए ‘सिसाजस्तै पारदर्शी फ्राइड चिकेन’
काठमाडाैँ । चिनियाँ फूड भ्लगर काई नानले बनाएको अनौठो पारदर्शी ‘फ्राइड चिकेन’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो चिकेन सामान्य जस्तो देखिँदैन । यो झन्डै काँचको मूर्तिजस्तो पारदर्शी देखिन्छ ।
काई नान पहिले नै असामान्य र प्रयोगात्मक खानाका लागि परिचित छन् । उनले यसपटक तयार पारेको फ्राइड चिकेन परम्परागत खानाभन्दा बढी विज्ञान र कलाको मिश्रणजस्तो देखिन्छ ।
गत महिना काईले ‘मैले पारदर्शी फ्राइड चिकन बनाउन खोजेको थिएँ, तर नतिजा अनौठो आयो’ भन्दै एउटा भिडियो हालेका थिए । यो भिडियो भाइरल बन्यो । उक्त भिडियोमा दश लाखभन्दा धेरै भ्यूज आयो ।
उनको भाइरल भिडियोमा उनले पारदर्शी चिकेन बनाउने प्रक्रिया विस्तारमा देखाएका छन् । उनले चिकेन बनाउन सुरुमा हड्डीलाई आधार बनाएर काम गरेका थिए । बोन म्यारो, कोलाजेन र जेलजस्ता पदार्थ प्रयोग गरेर हड्डीजस्तो संरचना तयार पारिएको थियो । त्यसपछि मासुलाई तरल बनाइ पुनः स्फेरिफिकेशन प्रविधि प्रयोग गरिएको थियो ।
अन्तिम चरणमा बाहिरी भागलाई पनि कुरकुरे बनाउन प्रयास गरिएको थियो, जसले परम्परागत फ्राइड चिकेनको अनुभव झल्काउने तर दृश्यमा पूर्ण रूपमा फरक देखिने बनाएको छ । यो फ्राइड चिकेनप्रति केही निकै आकर्षित भएका छन् भने केही यो देखेर असहज भएका छन् । तर अधिकांशले यसलाई खाना भन्दा बढी ‘खाद्य कला’को रूपमा हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण