मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम पूर्वानुमान

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिहीबार, १७ वैशाख २०८३, ०६ : ११
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बादल लागेको छ।
  • आज दिउँसो कोशी, मधेस प्रदेश, हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
  • आज राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर बादल लागेको छ । 

आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप