अध्यादेशबारे आज राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्ने
बिहीबार, १७ वैशाख २०८३, ०८ : ०६
सारांश
- सरकारले संसद् अधिवेशन रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।
- सरकारले वैशाख १४ र १५ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।
- संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ र विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग गरेका छन् ।
काठमाडौँ । सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । आज अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दियो ।
सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।
संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण