कांग्रेस राजनीति
११ बुँदे निर्णय गर्दै सकियो देउवा समूहको भेला (निर्णयसहित)
बिहीबार, १७ वैशाख २०८३, १४ : ४३
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
- भेलाले पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादका कारण निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
- सोही निष्कर्षसहितको विज्ञप्ति निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ ।
गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो ।
कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।
‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण