शेखर समूहले भन्यो – नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिन्न
सारांश
- डा. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागि नवीकरण भइसकेको क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्न नसकिने बताएको छ ।
- भेलामा सहभागी नेताहरूले अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको तर्क गरेका छन् ।
- नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको र पार्टी एक बनाएर लैजाने जिम्मेवारी सभापतिको रहेको बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ ।
डा. कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलामा बोल्ने नेताहरूले त्यस्तो बताएका हुन् ।
‘छलफलमा सहभागीहरूले १५ औँ महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो,’ डा. कोइरालाको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ।
कोइरालाको सचिवालयका अनुसार नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको र पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको बताएका छन् ।
भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, वाग्मती प्रदेश सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण