शेखर समूहको भेलामा को–को भए सहभागी ?
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला गरेका छन् ।
- भेलामा देश र पार्टीको पछिल्लो परिस्थितिबारे कसरी अगाडि बढ्ने भन्ने सुझाव मागिएको थियो ।
- सहभागीहरूले क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने र विशेष महाधिवेशनका कारण पार्टीमा एकता कायम हुन नसकेको बताएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिहीबार आफ्नो समूहका नेताहरूको भेला गरेका छन् ।
बालुवाटारको ओपेरा होटलमा गरिएको बागमती प्रदेश स्तरीय छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापती, सांसद र पूर्वसांसद, बागमती प्रदेश सांसद, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए।
भेलामा देश र पार्टीको पछिल्लो परिस्थितिबारे कसरी अगाडि बढ्ने भन्ने सुझाव नेता डा. कोइरालाले मागेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने बताएका थिए।
अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताउँदै नेताहरूले पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको बताएका थिए।
छलफलमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्ती डा. शशांक कोइराला, पूर्वसहमाहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा पूर्वकेन्द्रीय सदस्यहरूबलबहादुर केसी, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा सहभागी थिए।
सङ्घका सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौँ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्व सांसद नरोत्तम वैद्य र बिजुला बर्मा कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाल लगायत सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण