म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
काठमाडौँ । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ ।
म्यानमारको जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले अपदस्थ नेतृ सुकीको सजाय कटौती गर्दै उनलाई तोकिएको घरमा नजरबन्दमा राख्न बिहीबार आदेश दिएका हु्न् ।
मिन आङ ह्लाइङको कार्यालयले जारी गरेको वक्तव्यमा ८० वर्षीया सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख गरिएको छ ।
उनलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन । उनको विघटन गरिएको नेशनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिने बताएका छन् ।
सुरक्षाको कारण बताउँदै नाम नबताउने सर्तमा उनले भने, “हामीलाई थाहा छैन कि नेतृ सुकीलाई राख्नेस्थान ठ्याक्कै कहाँ हुनेछ ।”
मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीको विरुद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गरेका थिए, जसले देशमा पाँच वर्षदेखि गृहयुद्ध भएको छ ।
सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिस्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिका रूपमा शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण