सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड

शुक्रबार, १८ वैशाख २०८३, ०७ : ५२
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गरेका छन् ।
  • उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे ।
  • प्रचण्डले श्रमिक वर्गका हक, हित र अधिकारको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको र सरकारलाई श्रममैत्री नीति सुनिश्चित गर्न आग्रह गरे ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे । 

उनले शुभकामना सन्देशमा भनेका छन्– 'यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुमबासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु।'

'श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस्', सन्देशमा भनिएको छ ।           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप