सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

शुक्रबार, १८ वैशाख २०८३, १३ : ५९
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने कार्यक्रम नरहेको जनाइएको छ ।
  • गोरले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ ।
  • शाह आन्तरिक सुशासनका काममा व्यस्त रहेकाले भेटघाट नहुने बताइएको छ ।

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नभेट्ने भएका छन् । गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ  छन् ।  

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेट्दै छन् । तर प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट भने नहुने भएको छ । 

‘प्रधानमन्त्रीज्यू, आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले रातोपाटीसँग भनिन्, ‘गोरसँगको भेटघाट रहेको छैन । हुँदैन ।’

प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग एक्लै भेटेका छैनन् । 

चैत १३ गते प्रधानमन्त्रीमा नियुक्तलगत्तै उनले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप