डोजर अभियान चलिरहँदा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ-१४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए ।
सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो ।
‘उनी केही दिनदेखि घर नै आएका थिएनन् भन्ने स्थानीयको भनाई छ । आज कपडाको पोकासहित उनको शव फेला परेको हो,’ एसपी भट्टराईले भने, ‘हामी यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’
यसअघि थापाथली सुकुमबासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण