बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सहकारीका बचतकर्ताको पैसा फिर्ता ‘चक्रीय राहत कोष’को स्थापना

शुक्रबार, १८ वैशाख २०८३, १९ : ५९
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । सरकारले सहकारी संस्थाका बचतकर्तालाई तत्काल राहत दिन चक्रीय राहत कोषको स्थापना गरेको छ । सरकारले ल्याएको सहकारी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो ।

अहिले सहकारी संस्था समस्याग्रस्त घोषणा भएपछि सञ्चालकको सम्पत्ति खोजेर, लिलाम बिक्री गरी बचतकर्ताको पैसा फिर्ता गर्न वर्षौँ लाग्ने गरेको छ । यो लामो प्रक्रियाले खासगरी अशक्त, बिरामी, वृद्धवृद्धा र साना बचतकर्तालाई समस्या हुने गरेको छ । 

यसको व्यवस्थापनका लागि सरकारले ‘चक्रीय राहत कोष’ स्थापना गर्ने कानुनी व्यवस्था गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप