सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

खोला किनारका घरधनीले लालपुर्जा देखाएपछि रोकियो डोजर

शनिबार, १९ वैशाख २०८३, १४ : २६
शनिबार, १९ वैशाख २०८३

सारांश

  • काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ ।
  • ६ वटा घरका धनीहरूले खोलाको किनारै छुने गरी निर्माण गरिएका घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन् ।
  • लालपुर्जा देखिएपछि कानुनी जटिलता आउन सक्ने भन्दै प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन् ।

काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ । 

शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजर पुगे पनि स्थानीयले लालपुर्जा देखाएपछि काम अघि बढ्न नसकेको हो ।

विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन् । ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन् । घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएका छन् ।

अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लालपुर्जा देखिएपछि कानुनी जटिलता आउन सक्ने भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन् ।

जग्गाको लालपुर्जा र खोलाको मापदण्डका विषयमा सरकारी रेकर्डसँग भिडान गरेर मात्रै थप कदम चालिने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप