नेकपाको ६ बुँदे कार्ययोजना सार्वजनिक : पार्टीमा युवा र जेनजीको सहभागिता ५० प्रतिशतसम्म पुर्याइने
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संरचनामा आमूल परिवर्तन गर्दै युवा र जेनजीको सहभागिता ५० प्रतिशत पुर्याउने ६ बुँदे कार्ययोजनाको रुपरेखा सार्वजनिक गरेको छ ।
- यो योजना आगामी मंसिरको दोस्रो हप्ता आयोजना हुने एकता राष्ट्रिय महाधिवेशनबाट पूर्णता दिने लक्ष्य राखिएको छ ।
- कार्ययोजनामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र कार्यकर्तालाई उत्पादन कार्यमा जोड्ने विषयलाई प्राथमिकता दिइएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो ६ बुँदे तत्कालीन कार्ययोजनाको रूपरेखा सार्वजनिक गरेको छ । जसमा पार्टीको संरचनामा आमूल परिवर्तनको घोषणा गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको योजनाअनुसार अब निर्वाचित हुने वडादेखि केन्द्रसम्मका सबै कमिटीहरूमा युवा र 'नव-युवा' (जेनजी) को सहभागिता ५० प्रतिशत पुर्याइने भएको शनिबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्नका लागि अनुभवी र प्रौढ नेताहरूसँगै नयाँ पुस्ताको समावेशितालाई अनिवार्य बनाएको उनको भनाइ छ । आगामी मंसिरको दोस्रो हप्ता आयोजना हुने एकता राष्ट्रिय महाधिवेशनबाट यस योजनालाई पूर्णता दिने लक्ष्य राखिएको छ ।
पार्टीले केवल राजनीतिक मात्र नभई साङ्गठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।
कार्ययोजनामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि देशभक्त शक्तिहरूबीच साझा समझदारी कायम गर्ने र सडक एवं सदन दुवै मोर्चाबाट सशक्त भूमिका निर्वाह गर्ने उल्लेख छ । यस्तै, सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने योजना पनि नेकपाले अघि सारेको छ ।
पार्टीका कार्यकर्ता र पंक्तिलाई नियमित रूपमा उत्पादन र श्रम कार्यमा जोड्ने अभियान सञ्चालन गरिने विषयलाई पनि कार्ययोजनामा प्राथमिकताका साथ समेटिएको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको कामलाई वैचारिक र कूटनीतिक रूपमा ठोस ढङ्गले अगाडि बढाउने र साङ्गठनिक समायोजनको कामलाई जेठ मसान्तभित्र सम्पन्न गरिसक्ने गरी नेकपाले आफ्नो मार्गचित्र तय गरेको ज्वालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण