मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अध्यक्षबाट ओली हटाउन एमालेका युवा नेताहरूले गरे पुनर्जागरण भेला

शनिबार, १९ वैशाख २०८३, १८ : ५९
शनिबार, १९ वैशाख २०८३

सारांश

  • नेकपा (एमाले) का केही केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन् ।
  • भेलामा गत निर्वाचनमा भएको पराजयको प्रमुख कारण नेतृत्वको कमजोरी रहेको निष्कर्ष निकाल्दै पार्टी पुनर्जागरण र पुस्तान्तरणका लागि सातै प्रदेशमा बहस चलाउने निर्णय भएको छ ।
  • सहभागीहरूले पार्टीको वर्तमान नेतृत्व परिवर्तन गरी केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । नेकपा (एमाले) का केही केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन् । 

शनिबार मीनभवनमा भएको पुर्नजागरण भेलामा केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितका युवाको उपस्थिति थियो । 

चार घण्टा भएको भेलामा नेकपा एमालेको भविस्य र युवाहरूले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्दै गत निर्वाचनमा भएको पराजय नेतृत्वको कमजोरी प्रमुख कारण रहेको निर्ष्कर्ष निकालेको छ । साथै भेलाले सातै प्रदेशमा पार्टी पुनर्जागरण र पुस्तानतरणको पक्षमा बहस चलाउने निर्णय गरेको छ । 

त्यस्तै अहिलेको पार्टी नेतृत्वबाट पार्टी सही ठाउँमा नपुग्ने भएकाले अहिलेको नेतृत्व परिवर्तन गर्न जरुरी रहेको निष्कर्ष निकालेको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिए । 

सहभागीहरूले हालको नेतृत्वले युवाको भूमिकालाई ओझेलमा पारेको, सक्षम र योग्यलाई गुटगत आरोप लगाएर जिम्मेवारी नदिएको तर पार्टी आफैले कब्जा गरेर कार्यकर्तालाई बहस र छलफल नै गर्न नदिएको बताएका छन् । 

एमाले पूर्वकेन्द्रीय सदस्य नविना लामाले एमालेको रुपान्तरण र पुस्तानतराण अनिवार्य भएको भन्दै त्यसका लागि युवाहरूले भूमिका खेल्ने बताइन् । साथै उनले एमाले पुनर्गठनका लागि विशेष महाधिवेशनको मागका बारेमा देशभर बहस चलाउने निर्णय भएको बताइन् ।

यसअघि युवाले एमाले पुस्तानतरण, रुपान्तरण र नेतृत्व हस्तानतरणका लागि भन्दै १५ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । 

त्यसैगरी भेलामा सहभागी अधिकांश धारणा राख्ने नेताहरूले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउनुपर्ने धारणा राखेका छन् । भेलामा पूर्वकेन्द्रीय सदस्यहरू नवीना लामा, रमेश पौडेल, अनेरास्ववियू पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहसचिव उपेन्द्र शाही, अनेरास्ववियु उपमहासचिव कमल जोशी, कल्पना वाइवा, पुन्य ढकालसहित १३० जना सहभागी भएको बताइएको छ ।

यसअघि युवाहरूले एमालेमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसमेत संकलन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप