बाढी र पहिरोका कारण यी तीन राजमार्ग प्रभावित
काठमाडौँ । पछिल्लो जानकारीअनुसार आज शनिबार देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण कतै पूर्ण रूपमा सडक बन्द भएको छ भने कतै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार कोशी प्रदेशअन्तर्गत भोजपुर जिल्लामा बाढीका कारण समस्या देखिएको छ । भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्गमा प्रभाव परेको छ । उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडकखण्डमा इकु पहिरो झरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।
यसैगरी गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लामा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ । अन्नपूर्ण गाउँपालिका–३ जलजले क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकखण्डमा अवरोध सिर्जना भएको हो । उक्त सडकमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ । प्रहरीले साँझ साढे ६ बजे यो सूचना जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण