मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

आइतबार, २० वैशाख २०८३, ०९ : ३५
आइतबार, २० वैशाख २०८३

सारांश

  • मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट ढुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।
  • सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन गरिसकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
  • निरन्तर वर्षाका कारण यो सडकखण्ड असुरक्षित बन्दै गएको छ ।

काठमाडौँ ।  मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।  

सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । 

लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप