नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदै ‘कुम्भ’
सारांश
- आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी दुई भाषामा रिलिज हुनेछ ।
- फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा र दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुर लगायत कलाकारहरूको अभिनय छ ।
- रणधीर श्रेष्ठद्वारा लिखित तथा निर्देशित ‘कुम्भ’को छायाङ्कन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।
काठमाडौँ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कुम्भ’ । फिल्म नेपाली र हिन्दी दुई भाषामा रिलिज हुनेछ । निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गर्दै फिल्म समेत बुझाउने कोसिस गरेको छ । टिजरमा फिल्मका केही मुख्य अंश समेटिएको छन् ।
एक्सन–ड्रामामा आधारित फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय छ । दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत अभिनय फिल्ममा छ ।
फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ । सिनेमाको छायाङ्कन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।
छायाङ्कन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेको फिल्ममा संजय थापाको द्धन्द्व निर्देशन तथा निर्मातामा स्वयं निर्देशक श्रेष्ठ र राजेश साह अनि कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली फिल्म बजारमा स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण