बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

गर्मीले फोन तात्न थाल्यो ? अपनाउनुस् यी उपाय

आइतबार, २० वैशाख २०८३, १४ : ४३
आइतबार, २० वैशाख २०८३

सारांश

  • गर्मीमा फोन तात्न थालेमा प्रयोग सीमित गर्ने वा शितल ठाउँमा राख्ने, घाममा नछोड्ने जस्ता उपाय अपनाउन सकिन्छ ।
  • निरन्तर ठुला एप्स प्रयोग गर्दा, धेरै एप्स एकसाथ खुला राख्दा वा फोन कभरले छोप्दा फोन तात्ने गर्छ ।
  • फोन चार्ज गर्दा प्रयोग नगर्ने, सस्तो चार्जर प्रयोग नगर्ने र कमजोर सिग्नल भएको ठाउँमा हवाइजहाज मोडमा राख्नाले फोनलाई तात्नबाट जोगाउन सकिन्छ ।

काठमाडौँ । आजकल मानिसहरू घन्टौँ मोबाइलमा झुन्डिरहेका हुन्छन् । एकपछि अर्को रिल, फिल्म अनि भिडियो हेर्ने बानीले स्वास्थ्यलाई त असर गरिरहेको हुन्छ नै, स्मार्टफोनसमेत बिग्रिन सक्छ ।

घण्टौँसम्म आफ्नो फोन प्रयोग गर्दा यो धेरै तातो हुन्छ । अन्य ग्याजेटहरू र इलेक्ट्रोनिक्सजस्तै यो मौसममा फोन पनि धेरै तातो हुन्छ । यी दिनहरूमा बाहिरको तापक्रम धेरै उच्च हुन्छ । तपाईं निरन्तर भारी एपहरू प्रयोग गर्नुहुन्छ भने फोन धेरै तातो हुने सम्भावना बढ्छ । निरन्तर तातो भइरहे फोनको ब्याट्री र कार्यसम्पादनमा हानि पुग्न सक्छ ।

आज हामी फोनलाई तातोबाट जोगाउने केही उपायबारे जानकारी गराउनेछौँ । 

१. केही मानिसहरू फोनलाई घाममा छोड्छन् । लामो समयसम्म फोनलाई घाममा राख्दा यो धेरै तात्छ । सीधा घाममा बसिरहनुहुन्छ भने फोनको प्रयोग सीमित गर्नुहोस् वा यसलाई शितल ठाउँमा राख्नहोस् । तपाईं कारमा यात्रा गर्दै हुनुहुन्छ भने यसलाई ड्यासबोर्ड वा घाम नपर्ने ठाउँमा छाड्नुहोस् ।

२. लगातार ठुला एपहरू प्रयोग गरिरहनुभएको छ भने स्मार्टफोन तात्न सक्छ । गेमिङ, भिडियो सम्पादन, वा लामो समयसम्म भिडियो स्ट्रिमिङको लागि फोन प्रयोग गर्दा यो अत्यधिक तात्छ । यस्तो अवस्थामा, बारम्बार ब्रेक लिइरहनुहोस् । 

३. केही व्यक्तिहरूले आफ्नो फोनमा एकैचोटि धेरै एपहरू खुला राखिछाड्छन् । यसले मोबाइलको सीपीयूमामा भार बढाउँछ । यस्तो अवस्थामा, प्रयोग नगर्ने एपहरू बन्द गर्नुहोस् ।

४. गर्मीमा तपाईंलाई कुनै कामको लागि आफ्नो फोन निरन्तर प्रयोग गर्न वा चार्जमा राख्न पर्छ भने फोनको कभर हटाउनुस्, यसले फोन छिटो तात्दैन ।

५. फोनको चार्जर साथमा छैन वा बिग्रियो भने सस्तो खालको वा नक्कली ब्रान्डका चार्जरहरू प्रयोग गर्नुहुन्न । सधैं फोन किन्दा फोनसँगै आएको चार्जर मात्रै प्रयोग गर्नुहोस् । सस्तो वा नक्कली चार्जरले तपाईंको फोनलाई त क्षति पुर्याउँछ नै यसले फोनलाई पनि धेरै तातो बनाउन सक्छ । यसले ब्याट्रीलाई पनि हानि पु‍र्‍याउँछ । 

६. तपाईं कमजोर सिग्नल भएको क्षेत्रमा हुनुहुन्छ भने मोबाइलले नेटवर्क खोज्दा खोज्दै फोन तात्न सक्छ । यस्तो अवस्थामा आफ्नो फोनलाई हवाइजहाज मोडमा राख्नु राम्रो हुन्छ । यो फाइदाजनक हुनेछ ।

७. चार्ज भइरहेको बेला फोन प्रयोग नगर्नुहोस् । केही मानिसहरू फोन चार्ज भइरहेको बेला घण्टौंसम्म कुरा गर्ने, गेम खेल्ने वा भिडियो हेर्ने काम गर्छन् । यसले फोनको तापक्रम बढाउँछ ।

८. ब्याट्री सेभर मोड अन गरर राख्नुस् । यसमा ब्याकग्राउन्डमा गतिविधि कम हुन्छ । यसरी, फोनलाई अत्यधिक तातो हुनबाट रोकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप