प्रिमियर लिगमा टोटनह्यामद्वारा एस्टन भिल्ला पराजित
सोमबार, २१ वैशाख २०८३, ०१ : ५५
सारांश
- इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
- टोटनह्यामका लागि कोनोर गालाघर र रिचार्लिसनले गोल गरे ।
- एस्टन भिल्लाका लागि एमि बुएन्डियाले सान्त्वना गोल फर्काए ।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा अग्रता टोटनह्यामले लिएको थियो । खेलको १२औँ मिनेटमा कोनोर गालाघरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि २५औँ मिनेटमा रिचार्लिसनले गोल थप्दै टोटनह्यामको अग्रता दोब्बर पारे ।
खेलको निर्धारित समयपछिको अतिरिक्त समयमा एस्टन भिल्लाका लागि एमि बुएन्डियाले एक सान्त्वना गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
यो नतिजापछि, विजेता टोटनह्यामको ३५ खेलबाट ३७ अंक भएको छ । पराजित एस्टन भिल्लाको भने समान खेलमा १७ जितसहित ५८ अंक रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण