काठमाडौँमा डोजर चलेपछि पोखराका सुकुमबासी त्रासमा
सारांश
- काठमाडौँमा डोजर चलेपछि पोखराका सुकुमबासीहरू पनि त्रसित बनेका छन्।
- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण हटाउन ३५ दिने सूचना जारी गरेपछि उनीहरूको चिन्ता बढेको छ।
- पृथ्वीचोकका करिब ४७५ घरधुरीले वैकल्पिक व्यवस्थाबिना बस्ती नछाड्ने अडान लिएका छन्।
पोखरा । काठमाडौँका सुकुमबासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुमबासी पनि त्रसित बनेका छन्। पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि उनीहरूको चिन्ता बढेको हो। महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते उक्त अल्टिमेटम दिइएको थियो।
_zn3ro6SbXp.jpg)
पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा रहेका करिब ४ सय ७५ सुकुमबासी घरधुरीले भने वैकल्पिक व्यवस्थाबिना बस्ती नछाड्ने अडान लिएका छन्। उचित व्यवस्थापन गरेर मात्रै डोजर चलाउन उनीहरूले महानगरसँग माग गरेका छन्।
_hWOtPrDjPV.jpg)
आफूहरूको माग सुनुवाइ गराउन भन्दै गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, कास्की’ ले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै उचित पुनःस्थापनाबिना नहट्ने चेतावनी दिएको छ। समितिले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गर्दै वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा र्यालीसहित कोणसभा गर्ने घोषणा गरेको छ। वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा डोजर चल्न नदिने उनीहरूको स्पष्ट अडान छ।
_51I7iislIu.jpg)
इतिहास हेर्ने हो भने पोखरा–९ पृथ्वीचोकमा वि.सं. २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसयता उक्त क्षेत्रमा सुकुमबासीहरू बस्दै आएका छन्। पोखरा नगर योजना (२०३०) र पोखरा उपत्यकाको गुरुयोजना (२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा विवाद र सडक विस्तारका कारण खुम्चिँदै हाल ५० देखि ८१ रोपनीमा मात्र सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।
_a0PUlthb33.jpg)
_5WIxsgP1zh.jpg)
_pwdSrTLQjD.jpg)
_K3cYmJlM1l.jpg)
_MTGDxM9RX0.jpg)
_D7ulG9Dbuo.jpg)
_f4B2vDZ3DZ.jpg)
_Rhk5twd8mk.jpg)
_u6F8g5MgS2.jpg)
(तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति
-
पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण