एउटा मिर्गौला फेल हुँदा के हुन्छ ?
सारांश
- मिर्गौलाले रगत शुद्ध पार्ने, विषाक्त पदार्थ हटाउने र पानी तथा खनिज सन्तुलन कायम राख्ने काम गर्छ ।
- एउटा मिर्गौलाले काम गर्न छोडेमा शरीर सुन्निने, पिसाबमा परिवर्तन, थकान, कमजोरी, भोक नलाग्ने, बान्ता हुने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
- मिर्गौलाको समस्याका लक्षणहरूलाई बेवास्ता गर्दा जीवनमा असर पर्न सक्छ ।
काठमाडौँ । मिर्गौला हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो । यसले रगत शुद्ध पार्न, विषाक्त पदार्थहरू हटाउन र पानी अनि खनिज सन्तुलन कायम राख्न मद्दत गर्छ । हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छ । एउटा मिर्गौलाले मात्रै काम गर्न छोड्यो भने पनि शरीरले धेरै परिवर्तनहरू अनुभव गर्छ जसले तपाईंको जीवनलाई असर गर्न सक्छ । त्यसैले, यी सङ्केतहरूलाई बेवास्ता गर्नु महँगो साबित हुन सक्छ ।
शरीर सुन्निने
एउटा मिर्गौलाले काम गर्न छोड्छ, शरीरको भाग एक्कासि सुन्निन्छन् । खुट्टा, गोलीगाँठो, अनुहार र आँखा वरिपरि सुन्निएको देख्न सक्नुहुन्छ ।
पिसाबमा परिवर्तन
मिर्गौलाले काम गर्न छोड्दा सबैभन्दा पहिले पिसाबमा परिवर्तनहरू देखिन्छन् । पिसाब उत्पादन कम वा बढी हुन सक्छ । यो गाढा वा फिँज जस्तो हुन सक्छ ।
थकान र कमजोरी
मिर्गौलाले रगत सफा गर्ने मात्र होइन रातो रक्त कोषहरू उत्पादन गर्न पनि मद्दत गर्छ । जब यो कार्य प्रभावित हुन्छ; कमजोरी, थकान र चक्कर लाग्न सक्छ ।
भोक नलाग्ने र बान्ता हुने
जब मिर्गौलाले काम गर्न छोड्छ, शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन्छन्, जसले गर्दा विभिन्न समस्याहरू हुन्छन् । भोक नलाग्नुको साथै मुख दुर्गन्धित हुन सक्छ र बान्ता आउन लागेको जस्तो महसुस हुन सक्छ ।
सास फेर्न गाह्रो हुनु
शरीरमा अत्यधिक पानी जम्मा हुँदा यसले फोक्सोलाई पनि असर गर्छ । यसले सास फेर्न गाह्रो हुने, भारी हुने वा निसास्सिने हुन सक्छ । यदि तपाईंलाई यस्तो भइरहेको छ भने यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण