सीमा विवादले भारतीय विदेश सचिवको नेपाल भ्रमण ओझेलमा
सारांश
- नेपाल र भारतबीच सीमा विवादको विषयले गर्दा भारतीय विदेश सचिव विक्रम मिश्रको नेपाल भ्रमण अन्योलमा परेको छ ।
- नेपालले कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रमा भारत र चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै आफ्नो भूभागमा कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
- भारतीय विदेश मन्त्रालयले नेपालको दाबीलाई अस्वीकार गर्दै लिपुलेक नाका ऐतिहासिक रूपमा प्रयोग हुँदै आएको बताएको छ ।
काठमाडौँ । नेपाल र भारतबिच सीमा विवादको विषय फेरि बहसमा आएसँगै भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्योलमा परेको छ ।
नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रमार्फत कैलाश मानसरोवर यात्रा सुरु गर्ने विषयमा भारत र चीनबिच सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयले अप्रिल ३० मा चीन सरकारसँगको समन्वयमा जुनदेखि अगस्टसम्म कैलाश मानसरोवर यात्रा सञ्चालन गरिने घोषणा गरेको थियो ।
सो सम्झौतालाई लिएर नेपालले दुवै देशप्रति कूटनीतिक नोटमार्फत आपत्ति जनाइएको प्रस्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आइतबार प्रेसनोट सार्वजनिक गर्दै सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग भएकोमा सरकार अडिग रहेको स्पष्ट पारेको थियो ।
नेपाली भूमि लिपुलेक हुँदै आयोजना हुने भनिएको यात्राका सम्बन्धमा नेपालले आफ्नो स्पष्ट अडान भारत र चीन दुवै पक्षलाई पुनः अवगत गराइसकेको सरकारले प्रेस नोटमार्फत जनाएको हो । उक्त क्षेत्रमा सडक निर्माण, व्यापार वा तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारतलाई निरन्तर आग्रह गर्दै आएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटपछि भारतीय विदेश मन्त्रालयले प्रेस नोट जारी गर्दै नेपालको दाबीलाई अवस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको र यो कुनै नयाँ विकास नभएको उल्लेख गर्दै भारतले यस्ता क्षेत्रीय दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जनाएको छ । भारतले नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि तयार रहेको पनि भनेको छ ।
दुई देशको सीमा विवादका कारण सचिव मिस्रीको नेपाल भ्रमण पनि अन्योलमा रहेको स्रोत बताउँछ । यसअघि मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट हुने÷नहुने भन्ने द्विविधामा केन्द्रित थियो । अहिले सीमा विवाद सतहमा आएपछि झन् अन्योल भएको हो ।
मिस्रीको नेपाल भ्रमण वैशाख २८ गतदेखि सुरु हुने भनिएको थियो तर परराष्ट्र मन्त्रालयले भ्रमणको त्यस्तो कुनै औपचारिक निर्णय नभएको बताएको छ ।
बालेनलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका थिए, तर प्रधानमन्त्री बालेनले भेट्ने निश्चित नगरेपछि त्यतिबेला नै भ्रमण अनिश्चित बनेको थियो । यद्यपि तयारी दुवैतर्फ चलिरहेको थियो । यो विवादले झन् अन्याल थपिएको स्रोतको भनाइ छ ।
भारतीय विदेश सचिव मिस्री नेपाल भ्रमणमा नआए पनि परराष्ट्रमन्त्री शिशिर खनाल भने भारत भ्रमणमा जाने बुझिएको छ । भारतमा हुन गइरहेको ब्रिक्स परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा उनी त्यहाँ जाने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । यसबारे पनि परराष्ट्रले आधिकारिक जानकारी दिन मानेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण