संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिन्छ : सभामुख
सारांश
- सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिने बताएका छन् ।
- भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान हुने जानकारी सभामुखले दिएका हुन् ।
- यसअघि वैशाख १७ गतेका लागि आह्वान भएको अधिवेशन स्थगित गरिएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान हुने जानकारी दिएका हुन् ।
बैठकमा सहभागी एमाले सचेतक निता घतानीले बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानको मिति टुंग्याउने जानकारी गराएको बताइन् ।
‘हामीले संघीय संसद्को अधिवेशन आह्वान गरेर बस्दै नबसी स्थगित गरियो । कारण के हो ? फेरि कहिले आह्वान हुन्छ भनेर सभामुखज्यूसँग प्रश्न गर्यौँ,’ घतानीले रातोपाटीसँग भनिन्- ‘उहाँले जवाफमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने जानकारी दिनुभयो ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यसको अर्को दिन सरकारले पत्र पठाएपछि राष्ट्रपति पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिवेशन स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण