बागमतीका मुख्यमन्त्री बानियाँको घरमा दुई घण्टासम्म खानतलासी गर्यो सम्पत्ति शुद्धीकरण विभागको टोलीले
सारांश
- सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौंडास्थित घर र उनको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको छ।
- विभागको टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा करिब दुई घण्टासम्म बानियाँको घरमा बिताएको र केही कागजात अनुसन्धानका लागि लगेको जनाइएको छ।
- संसदीय दलको बैठकमा सहभागी भइरहेको अवस्थामा मुख्यमन्त्री बानियाँले छापा मारिएकोबारे जानकारी पाएका थिए।
हेटौंडा । सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनकै निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर तथा उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको जनाइएको छ।
छापा मार्नका लागि विभागको टोली काठमाडौँबाट हेटौंडा पुगेको थियो । मुख्यमन्त्री बानियाँको हेटौंडास्थित निवासमा विभागको टोलीले करिब दुई घण्टा बिताएको स्रोतले जनायो । स्रोतका अनुसार मध्याह्न करिब १२ बजे पुगेको टोली करिब २ बजे बानियाँको घरबाट बाहिरिएको थियो।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हेटौंडा–५, पिप्लेस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनीको कार्यालयमा पनि विभागको टोलीले छापा मारेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरीका आधारमा विभागले अनुसन्धान गरेको बताइएको छ।
यस्तै मुख्यमन्त्री बानियाँको घरमा पनि विभागका ७ जना सम्मिलित टोलीले छापा मारेको हो । विभागको टोलीले मुख्यमन्त्री बानियाँको घर तथा निर्माण कम्पनीको कार्यालयबाट केही कागजात अनुसन्धानका लागि लगेको अनुसन्धानमा संलग्न ती अधिकारीले जनाए । यद्यपि, उनले ती कागजातको विवरण भने खुलाउन चाहेनन्। मुख्यमन्त्री बानियाँले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
बानियाँ निकट स्रोतका अनुसार बानियाँ संसदीय दलको बैठकमा सहभागी भएको अवस्थामा छापा मारिएको घटनाबारे जानकारी पाएका थिए। संसदीय दलको बैठकमा सभामुख चयन र मन्त्रिपरिषद् फेरबदलबारे छलफल भइरहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण