बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वका लागि ४८ जनाको आवेदन

सोमबार, २१ वैशाख २०८३, १७ : ५३
सोमबार, २१ वैशाख २०८३

सारांश

  • नेपाल सरकारले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका रिक्त पदहरूमा खुला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
  • नेपाल वायुसेवा निगमको रिक्त ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाले आवेदन दर्ता गराएका छन् ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्, जसले गर्दा दुवै निकायमा नेतृत्वका लागि कुल ४८ जनाले इच्छा देखाएका छन् ।

काठमाडौँ । नेपाल सरकारले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका रिक्त पदहरूमा खुला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना जारी गर्दै आवेदन मागेको थियो । 

उक्त सूचनाका आधारमा नेपाल वायुसेवा निगमको रिक्त ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाले आफ्नो आवेदन दर्ता गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जना प्रतिस्पर्धीहरूले आवेदन दिएका छन् । दुवै निकायमा गरी कुल ४८ जनाले नेतृत्वका लागि इच्छा देखाएका हुन् । 

पारदर्शी र प्रतिस्पर्धी प्रक्रियाबाट योग्य उम्मेदवार चयन गर्नका लागि यो आवेदन माग गरिएको हो । अब प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी छनोट प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप