प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण
सारांश
- प्रतिनिधिसभाका सचिव हर्कराज राईले सभामुख डोलप्रसाद अर्याललाई स्पष्टीकरण बुझाएका छन् ।
- सभामुख अर्यालले वैशाख १७ गते सोधेको स्पष्टीकरणको जवाफ सचिव राईले सोमबार बुझाएका हुन् ।
- सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) अनुसार सभामुखले स्पष्टीकरण मागेका हुन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार सभामुख अर्यालले वैशाख १७ गते सोधेको स्पष्टीकरणको जवाफ सचिव राईले सोमबार बुझाएका छन् ।
सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) मा भएको व्यवस्था अअनुसार सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका हुन् ।
कार्यक्षमता नदेखिएमा र पदीय जिम्मेवारीमा जवाफदेही नभएको खण्डमा स्पष्टीकरण सोधेर हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ । तर हटाउनुअघि सफाइको मौका दिनुपर्ने हुन्छ । सोहीअनुसार स्पष्टीकरण सोधिएको हुनसक्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।
तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव नियुक्तिका लागि सिफारिस भएका थिए ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण