आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ

मङ्गलबार, २२ वैशाख २०८३, ०९ : ३०
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • पर्साको वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किने र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पूर्वाधार विकास योजनाको विषयलाई लिएर कार्यालयका कर्मचारीसँग विवाद भएपछि उनीहरूले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केका थिए।
  • प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ र कानुनी कारबाही अगाडि बढाइने जनाएको छ।

पर्सा । पर्साको वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्कने र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब सवा ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा रहेको कार्यालय परिसरभित्रै पुगेर उनीहरूले उदण्डता प्रदर्शन गरेका थिए। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले पूर्वाधार विकास योजनाको विषयलाई लिएर सोही कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विवाद गरेका थिए। विवादकै क्रममा आक्रोशित बनेका उनीहरूले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका थिए। घटनालगत्तै कार्यालय प्रमुखले वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोलीले खोजी कार्य तीव्र पारेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। सरकारी कार्यालयजस्तो संवेदनशील स्थानमा कर्मचारीलाई बाधा पुऱ्याउने र सार्वजनिक सम्पत्तिमा क्षति पुऱ्याउने कार्यमा संलग्न उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप