सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो

रङ्गशालामा सुकुमबासीको घुइँचो: ३ हजारभन्दा बढी परिवारको विवरण सङ्कलन, तस्बिरहरू

मङ्गलबार, २२ वैशाख २०८३, १२ : ४४
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुकुमबासी परिवारको विवरण सङ्कलन कार्य तीव्र गतिमा अघि बढेको छ।
  • हालसम्म ३ हजार १ सय ११ सुकुमबासी परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्।
  • विवरण सङ्कलनका लागि रङ्गशालाभित्र स्वास्थ्य परीक्षण र राष्ट्रिय परिचयपत्र बनाउने जस्ता अत्यावश्यक सेवा पनि सञ्चालनमा ल्याइएको छ।

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुकुमबासी परिवारको विवरण सङ्कलन कार्य निकै तीव्र गतिमा अघि बढेको छ। 

काठमाडौंका विभिन्न क्षेत्रबाट सुकुमबासी बस्ती हटाइएपछि मर्कामा परेका प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने क्रममा हालसम्म ३ हजार १ सय ११ परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्।

sukumbasi screening (12)

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा वैशाख १२ गतेदेखि रङ्गशालामै शिविर खडा गरेर यो काम सुरु गरेका हुन्। रङ्गशालाभित्र छुट्टाछुट्टै डेस्क स्थापना गरी प्रभावित परिवारलाई फारम भराउने र आवश्यक कागजात तथा विवरण सङ्कलन गर्ने काम निरन्तर भइरहेको छ।

sukumbasi screening (11)

यस प्रक्रियालाई व्यवस्थित बनाउन र प्रभावित नागरिकलाई तत्काल राहत दिन रङ्गशालाभित्रै अन्य अत्यावश्यक सेवा पनि सञ्चालनमा ल्याइएको छ। विवरण दर्ता गराउन आउने नागरिकका लागि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ भने राष्ट्रिय परिचयपत्र बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ। 

sukumbasi screening (13)

यी सम्पूर्ण व्यवस्थापकीय कार्य र सुरक्षा समन्वयको कमान्ड भने काठमाडौँ महानगरपालिकाले सम्हालिरहेको छ।

sukumbasi screening (14)sukumbasi screening (15)

sukumbasi screening (1)sukumbasi screening (2)sukumbasi screening (3)sukumbasi screening (4)sukumbasi screening (5)sukumbasi screening (6)sukumbasi screening (7)sukumbasi screening (8)sukumbasi screening (9)sukumbasi screening (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप