सवारी आवागमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ।
- काभ्रेको रोशी खोलामा बाढीले पाँचवटा सवारी फसाउँदा ८९ यात्रु फसेका थिए, जसको सकुशल उद्धार गरिएको छ।
- यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले जोखिम सडक मार्ग पहिचान गरी समन्वय गर्न र अलपत्र यात्रुको उद्धार योजना तयार पार्न निर्देशन दिएको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न तथा गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कडाइपूर्वक कारबाहीको दायरामा ल्याउनसमेत भनेको हो।
सोमबार साँझ काभ्रे जिल्लास्थित रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्न पुगेका थिए। त्यसरी फसेका सबै ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
केही सवारी चालकका कारण यात्रुहरूको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात् प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवागमन कडाइपूर्वक बन्द गर्न अनुरोध गरिएको प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी दिए।
रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको हिसाबले संवेदनशील सडक मार्ग पहिचान गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरूसँग समयमै समन्वय गर्न पनि भनेको छ।
त्यसै गरी, विपद्का बेला सडक अवरुद्ध भई सवारी आवागमन बन्द भएको अवस्थामा अलपत्र परेका र जोखिममा रहेका यात्रुहरूलाई सुरक्षित राख्न योजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न, गराउन पनि निर्देशन दिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण