बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय
सारांश
- बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट ८ मा झार्ने निर्णय भएको छ।
- मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
- सरकारका प्रवक्ता प्रभात तामाङले यो जानकारी दिएका छन्।
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय भएको छ।
मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।
मन्त्रालयको संख्या घटाउने निर्णय साउन १ गतेबाट कार्यान्वयन हुनेछ।
बागमती प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो । सोही सुझावलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो ।
पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिले मन्त्रालयको सङ्ख्या मात्र बढेको तर कार्यसम्पादनमा प्रभावकारिता नदेखिएकोले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो ।
साङ्गठनिक आवश्यकता र कार्य बोझ भन्दा पनि आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको समितिले ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण