हामीले हारेकै छैनौँ, अनि किन दिऊँ राजीनामा ? : ममता बनर्जी
सारांश
- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विधानसभा चुनावमा भाजपाले बेइमानी गरेर जितेको आरोप लगाउँदै राजीनामा नदिने बताएकी छन्।
- उनले निर्वाचन आयोगलाई पराजयको मुख्य भिलेनको संज्ञा दिँदै सडक आन्दोलनमा उत्रिने चेतावनी दिएकी छन्।
- भाजपाले भने ममताको अडानलाई हास्यास्पद र संविधानविरोधी भन्दै आलोचना गरेको छ।
कोलकाता । पश्चिम बंगाल विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टी (भाजपा) माथि बेइमानी गरेर चुनाव जितेको आरोप लगाएकी छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि चौतर्फी रूपमा उठेको राजीनामाको प्रश्नलाई ठाडै अस्वीकार गर्दै उनले आफूहरू पराजित नभएको दाबी गरिन्। हारको कुनै प्रमाण नभएको जिकिर गर्दै कसैको जबरजस्ती र दबाबमा परेर अहिले नै राजीनामा नदिने उनले स्पष्ट पारेकी हुन्।
ममता बनर्जीले आफ्नो पार्टीको पराजय हुनुमा निर्वाचन आयोग मुख्य जिम्मेवार रहेको आरोप लगाएकी छन्। उनले निर्वाचन आयोगलाई पराजयको मुख्य भिलेनको संज्ञा दिँदै आगामी रणनीतिका बारेमा पार्टीका सदस्यहरूसँग गम्भीर छलफल गर्ने बताइन्।
भाजपाको अत्याचार अब कुनै पनि हालतमा सहन नसकिने भन्दै उनले न्यायका लागि फेरि सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएकी छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार पश्चिम बंगालका २९३ सिटमध्ये भाजपाले २०७ सिट जितेर बहुमत हासिल गरेको छ भने तृणमूल कांग्रेसले केवल ८० र कांग्रेसले २ सिट मात्र चित्त बुझाएका छन्।
यता, बहुमत गुमाएर पनि राजीनामा नदिने ममता बनर्जीको अडानप्रति विपक्षी दल भाजपाले कडा प्रतिक्रिया दिएको छ। भाजपाका प्रवक्ता देबजीत सरकारले पत्रकार सम्मेलन गर्दै ममताको यस्तो भनाइले उनकै हैसियत हास्यास्पद बनाएको टिप्पणी गरे।
केही दिन चर्चामा रहनका लागि मात्र उनले यस्ता गैरजिम्मेवार कुरा गरिरहेको आरोप लगाउँदै संवैधानिक प्रक्रियामा विश्वास गर्ने कुनै पनि व्यक्तिले यस्तो तर्क गर्न नसक्ने भाजपाको जिकिर छ।
भाजपाले ममताको यो अभिव्यक्ति संविधानविरोधी भएको भन्दै यसको जवाफ दिनु नै आवश्यक नरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण