नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
बुधबार, २३ वैशाख २०८३, ०८ : ३७
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।
- बैठकमा सभापति गगनकुमार थापाको पनि उपस्थिति रहनेछ ।
- बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । दिउसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सभापति गगनकुमार थापा पनि उपस्थित हुने उक्त बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थिति हुन अनुरोध गरिएको दुलालले बताए ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण