सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमान खानकी नायिकाको बिजोग, कष्टकर जीवन बिताउन बाध्य

बुधबार, २३ वैशाख २०८३, ०९ : ५३
बुधबार, २३ वैशाख २०८३

सारांश

  • सलमान खानसँग 'वीरगति' चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री पूजा डडवाल अहिले कष्टकर जीवन बिताउन बाध्य छिन्।
  • क्षयरोग जस्तो गम्भीर रोग र आर्थिक संकटले पूजाको जीवन पूरै बदलिएको छ, जसका कारण उनी १० गुणा १० फिटको कोठामा बस्दै आएकी छिन्।
  • शारीरिक रूपमा अशक्त भएपछि श्रीमानले छोडेर गएका पूजाले बाँच्नका लागि घरघरमा खाना पुर्‍याउने कामसमेत गर्नुपरेको थियो।

मुम्बई । बलिउड सुपरस्टार सलमान खानले आफ्नो चलचित्र यात्रामा धेरै नयाँ अनुहारहरूलाई अवसर दिएका छन्। उनीसँग काम गरेका कतिपय अभिनेत्रीहरू आज स्थापित सुपरस्टार बनिसकेका छन् भने कतिपय गुमनामीको अँध्यारोमा हराएका छन्।

यसैबिच, १६ वर्षको उमेरमै सलमान खानसँग धमाकेदार डेब्यु गरेर चर्चामा आएकी एक अभिनेत्री भने अहिले निकै कष्टकर जीवन बिताउन बाध्य छिन्। एउटा गम्भीर रोग र आर्थिक संकटले उनको जीवन पूरै बदलिदिएको छ।

सन् १९९५ मा प्रदर्शनमा आएको सलमान खानको चर्चित चलचित्र ‘वीरगति’ मा मुख्य भूमिका निभाएकी अभिनेत्री पूजा डडवाल अहिले अत्यन्तै दयनीय अवस्थामा छिन्। उक्त चलचित्रमा ‘पूजा’ कै भूमिका निभाएर उनी रातारात स्टार बनेकी थिइन्।

तर, अहिले समय बदलिएको छ। भारतीय सञ्चारमाध्यम ई–टाइम्सको रिपोर्ट अनुसार कुनै समयकी चर्चित अभिनेत्री पूजा हाल मुम्बईको एउटा साँघुरो गल्लीको सानो घरमा १० गुणा १० फिटको कोठामा बस्दै आएकी छिन्। उनी अहिले आर्थिक रूपमा अत्यन्तै विपन्न अवस्थामा पुगेकी छिन्।

pooja-dadwal-(1)-1777978576813

सन् २०१८ मा पूजा क्षयरोग जस्तो गम्भीर रोगबाट ग्रसित भएको खबर सार्वजनिक भएको थियो। रोगले थला परेकी उनीसँग उपचारका लागि सामान्य खर्चसमेत थिएन।

यस्तो संकटको घडीमा सलमान खानले आफ्नो मनकारी स्वभाव देखाउँदै पूजाको उपचारको सम्पूर्ण खर्च बेहोरेका थिए। निको भएपछि पूजाले एउटा भिडियो सार्वजनिक गर्दै आफूलाई नयाँ जीवन दिएकोमा सलमान खानलाई धन्यवाद व्यक्त गरेकी थिइन्।

शारीरिक रूपमा अशक्त भएपछि पूजालाई उनका श्रीमानले समेत छोडेर गएका थिए। बाँच्न र पेट पाल्नका लागि उनले घरघरमा खाना पुर्‍याउने कामसम्म गर्नुपरेको थियो। रोग र अभावका कारण उनको रूप र जीवनशैली पहिलेजस्तो रहेन। ‘वीरगति’ बाहेक उनले ‘जिने नही दुङ्गी’, ‘मैडम नम्बर–१’ र ‘मृत्यु द मिथ’ जस्ता चलचित्रमा अभिनय गरेकी थिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप