भेडासिंह घटना : पेस्तोल देखाएर लुट्न खोज्ने ३ जना पक्राउ
सारांश
- काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- वैशाख १७ मा नैना एन्ड इशान ज्वेलरी पसलमा प्रवेश गरी लुट्न खोज्ने हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल पक्राउ परेका हुन् ।
- आरोपी अरुण भुजेलको साथबाट लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरिएको छ ।
काठमाडौँ । काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ मा वविता रौनियारले सञ्चालन गरेको नैना एन्ड इशान ज्वेलरी पसलमा प्रवेश गरेर लुट्न खोज्नेहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल छन् । हरिकृष्ण महर्जनलाई मङ्गलवार इमाडोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
घटनामा संलग्न महर्जनले वारदातको समयमा लगाएको कपडा घटनास्थल नजिकै गल्लीमा छाडेर आफ्नो हुलिया परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण