आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पेस्तोल देखाएर काठमाडौँको चाँदी पसल लुट्ने प्रयास, लुटेरा खोज्दै प्रहरी

युवतीको प्रतिकारपछि लुटेरा फरार
मङ्गलबार, २२ वैशाख २०८३, १३ : ३०
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।
  • पसल सञ्चालिकाले प्रतिकार गर्दा लुटेराहरू भागेका हुन् ।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । काठमाडौँको भेडासिंह स्थित एउटा चाँदी पसलमा लुटेराहरूले लुटपाटको प्रयास गरेका छन् । वैशाख १७ मा चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिका लाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका हुन् ।

पसलको सिसिटिभी फुजेटमा लुटेराले सटर लगाएर लुट्न खोजे पनि पसलमा बस्ने युवतीले प्रतिकार गरेकी छन् । सुरुमा लुटेरा र युवतीबिच हातपातको अवस्था हुन्छ । युवतीले कुर्सी उचालेर प्रहार गरेपछि सटर खोलेर लुटेरा भगेको देखिन्छ ।

सुरुमा एकजना युवक छिरेर पेस्तोल देखाउँछन् । पसलमा बस्ने युवती मोबाइल चलाएर बसेकी हुन्छिन् । अर्का युवक पसलमा प्रवेश गरेपछि दुई जनाले आक्रमण गर्छन् । तर, प्रतिकार गरेर युवतीले लुटेरालाई भगाउँछिन् । पसलमा बस्ने युवतीको प्रतिकारको कारण लुटपाट हुन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लुटमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वैशाख १७ मा दिउँसो २ बजे भएको सो घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । लुटपाट गर्न खोज्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

चार महिनाअघि न्युरोड क्षेत्रमा लुटेराहरूले ४ लाख नगद र ३ वटा मोबाइल लुटेका थिए । लुटिएका मोबाइल मध्ये दुईवटा आइफोन थियो । सोही समूहले चाँदी पसल लुटपाट गर्न खोजेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप